समाचार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८२ जेठ ४ गते १६:१४

काठमाण्डू, ४ जेठ– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ सर्वसम्मत रुपमा पारित गरेको हो । ‘विधेयकलाई पारित...

काठमाण्डूको पिंगलास्थनमा मृत भेटिए एक पुरुष

२०८२ जेठ ४ गते १६:०६

काठमाण्डू, ४ जेठ– काठमाण्डू महानगरपालिका– ९ पिंगलास्थानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । अन्दाजी ३० वर्षका पुरुष आज (आइतबार) मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान...

सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल

२०८२ जेठ ४ गते १६:००

काठमाण्डू, ४ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । आइतबार सानेपास्थित एक अपार्टमेन्टमा पार्टीका प्रभावशाली पूर्व पदाधिकारीहरू छलफलमा जुटेका हुन् । छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला र डा.प्रकाशशरण महत र डा. शंशाक कोइराला सहभागी...

माछा नै नभएको ठाउँमा माछापोखरी देखाएर भ्रष्टाचार गरियोः अख्तियार

२०८२ जेठ ४ गते १५:५२

काठमाण्डू, ४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माछा नै नभएको ठाउँमा माछापोखरी बनेको भनी रकम निकासा गरेको भन्दै मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार सहित ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुमाथि सागरनाथ वन परियोजनाको ढुंगा, गिटी बालुवा गैरकानूनी रुपमा उत्खनन गरी माछापोखरी...

‘न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउन थाल्यो’

२०८२ जेठ ४ गते १४:४७

काठमाण्डू, ४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो जनताले गरिरहेका बताएकी छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी हुन । सांसद गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउनु गम्भीर...

बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप

२०८२ जेठ ४ गते १४:४१

काठमाण्डू, ४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका तत्कालिन मेयर भरत थापाविरुद्ध विशेष अदालत सहित जिल्ला अदालतमा गरी भ्रष्टाचारको चौथो मुद्धा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापासहित तत्कालिन मधेश प्रदेशका अर्थमन्त्री विजय यादवलगायत ८ जनाविरूद्ध सरकारी सम्पत्ति दुरुपयोग...

कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन्ः स्वतन्त्र सांसद सिंह

२०८२ जेठ ४ गते १४:३५

काठमाण्डू, ४ जेठ– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्ता घटक दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको आरोप लगाएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन । उनले जनजाति महिला भएकै कारणले...

२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

२०८२ जेठ ४ गते १२:२२

काठमाण्डू, ४ जेठ– प्रहरीले खोटाङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी बस्ने २२ वर्षीय आङनिमा शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ । शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । शेर्पाले...

हितेन्द्रलाई विष्णु रिमालको सुझाव: सजग रहनुहोला, बिजुली गयो भन्ने ‘न्यारेटिभ’ बनाइँदै छ !

२०८२ जेठ ४ गते १२:१८

काठमाण्डू, ४ जेठ– प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका एमालेका उपमहासचिव विष्णु रिमालले समाजमा सेवा दिने भन्दा कथा बनाउनेहरू चर्चामा रहने गरेको बताएका छन । आज (आइतबार) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामाजिक सञ्जालमार्फत सुझाव दिँदै एमाले उपमहासचिव रिमालले यस्तो बताएका हुन ।...

सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियोः सांसद शाही

२०८२ जेठ ४ गते १२:१६

काठमाण्डू, ४ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन ।...

राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियोः कांग्रेस सांसद गौतम

२०८२ जेठ ४ गते १२:१२

काठमाण्डू, ४ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता बढ्दै गएको दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले यस्तो बताएका हुन । उनले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको...

तराईका केही ठाउँमा हावाहुरी, पहाडमा चट्याङसहित वर्षा हुने

२०८२ जेठ ४ गते १२:०७

काठमाण्डू, ४ जेठ– अहिले देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण मौसम खराब छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू९भागमा आंशिकदेखि साधारणतया बदली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us