शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाण्डु टुडे २०८२ जेठ ४ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ सर्वसम्मत रुपमा पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ सर्वसम्मत रुपमा पारित गरेको हो ।

‘विधेयकलाई पारित गरियोस्’ भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रश्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us