
काठमाण्डू, ४ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको दाबी गरेका छन ।
आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन । उनले उनलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको बताए ।
उनले संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्ने प्रश्न समेत गरेका छन । ‘नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो । होइन भने उहाँहरूले किन धारा २७० विरुद्ध काम गरिरहनुभएको छ ?,’ सांसद शाहीले भने ।
उनले संविधानअनुरुप चल्न र त्यो धाराले काम गर्न अप्ठ्यारो भएको भए परिवर्तन गर्न आग्रह समेत गरेका छन ।