तराईका केही ठाउँमा हावाहुरी, पहाडमा चट्याङसहित वर्षा हुने

काठमाण्डु टुडे २०८२ जेठ ४ गते १२:०७ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– अहिले देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण मौसम खराब छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू९भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च-पहाडी तथा हिमाली भू–भागका ‍एक९दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आज मधेश प्रदेशलगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us