‘न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउन थाल्यो’

काठमाण्डु टुडे २०८२ जेठ ४ गते १४:४७ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो जनताले गरिरहेका बताएकी छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी हुन । सांसद गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउनु गम्भीर विषय भएको पनि बताएकी छन । उनले कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय संवेदनशील भएको बताइन् ।

‘कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय निकै संवेदनशील छ । यो संविधानको मूल आत्मामाथि पुर्‍याएको चोट हो,’ सांसद गौतमले भनिन्, ‘विधिको शासन सबैले मान्नु पर्ने हुन्छ ।

न्याय प्रक्रियाको सही पालना बिना निष्पक्ष न्याय असम्भव छ ।’ गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिन थालेको बताइन् । अदालतले कैदीलाई जानकारी नै नदिइ पेसी तोक्नुले जटिल प्रश्न उब्जिएको पनि उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us