२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ ४ गते १२:२२ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– प्रहरीले खोटाङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी बस्ने २२ वर्षीय आङनिमा शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ ।

शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरीएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us