समाचार

काठमाण्डूबाट लुक्ला उडेको समिटको जहाजको इन्जिनमा समस्या, आकस्मिक अवतरण

२०८२ जेठ ५ गते ७:४४

काठमाण्डू, ५ जेठ- काठमाण्डूबाट लुक्लाका लागि उडेको समिट एयरको ट्वीनअटर जहाज इन्जिनमा समस्या देखिएपछि बीचबाटै काठमाण्डू फर्किएको छ । बिहान सवा ६ बजे उडेको जहाजको इन्जिनमा रामेछापमाथिको आकाशमा पुगेपछि समस्या देखिएको थियो । नजहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको काठमाण्डू विमानस्थल कार्यालयले जनाएको छ...

बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरूद्ध

२०८२ जेठ ५ गते ७:३७

काठमाण्डू, ५ जेठ । गएराति वर्षासँगै आएको बाढीले बागमती खोलाको डाइभर्सन बगाएपछि काठमाण्डू-हेटौंडा जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित बागमती खोलामा बनाइएको डाइभर्सन बगेका कारण सडक अवरूद्ध भएको हो । डाइभर्सनमार्फत...

तिलगाउँमा लेदोसहितको पहिरो, १८ घर जोखिममा

२०८२ जेठ ४ गते २२:००

हुम्ला, ४ जेठ- हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा लगातारको वर्षासँगै आएको पहिरोले स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ । जेठ १ गते रातिबाट सुरु भएको पहिरोका कारण गाउँका ५० मध्ये १८ घरधुरी उच्च जोखिममा परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार...

विदेश बस्ने र पेन्सन खानेलाई सामाजिक सुरक्षा भत्ता रोक्न सर्वोच्चमा रिट

२०८२ जेठ ४ गते २१:४९

काठमाण्डू, ४ जेठ- सामाजिक सुरक्षा भत्ता वितरणको वर्तमान प्रणालीप्रति प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । हालको जेष्ठ नागरिकको उमेरको आधारमा सबैलाई समानरूपमा भत्ता दिने अभ्यासलाई परिमार्जन गर्नुपर्ने मागसहित अधिवक्ता विपना शर्माले आइतबार रिट दायर गरेकी हुन् । भत्ता उमेरका आधारमा नभई...

चट्याङ लागेर २२ च्याङ्ग्रा मरे, दुई गोठाला अचेत

२०८२ जेठ ४ गते २१:१६

जुम्ला, ४ जेठ- जुम्लाको गुठीचौर गाउँपालिका(२ स्थित महादेव सामुदायिक वनमा चट्याङ लागेर २२ च्याङ्ग्रा मरेका छन् । चट्याङको झट्काले गोठालाहरु हिराबहादुर ऐडी र धनकृष्ण रोकाय बेहोस भएका छन् । गाउँ नजिकै सामुदायिक वनमा चराउन लगिएका च्याङ्ग्रालाई घर फर्काउने क्रममा चट्याङ लागेको हो । ऐडीका...

एमाले पूर्वसांसद् इच्छाराज तामाङलाई थुनामा राख्ने आदेश सर्वोच्चद्वारा सदर

२०८२ जेठ ४ गते २०:५९

काठमाण्डू, ४ जेठ- सर्वोच्च अदालतले एमाले पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्न काठमाण्डू जिल्ला अदालतले यसअघि दिएको आदेश सदर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । आफूलाई थुनामा...

जनमत पार्टीका कोषाअध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश

२०८२ जेठ ४ गते १८:०४

काठमाण्डू, ४ जेठ– जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश जारी गरेको हो । यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर...

माओवादी बलियो हुँदा देश बलियो हुन्छः प्रचण्ड

२०८२ जेठ ४ गते १७:३६

काठमाण्डू, ४ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो हुँदा देश बलियो हुने दाबी गरेका छन । मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आज (आइतबार) दैलेखमा आयोजित सभामा प्रचण्डले माओवादी बलियो हुँदा दलित, मजदुर, महिलाहरु बलियो हुने बताएका हुन...

२५–३० वर्षको जवान जस्तो त्यसै दौडेको होइनः प्रचण्ड

२०८२ जेठ ४ गते १७:३२

काठमाण्डू, ४ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो हुँदा देश बलियो हुने दाबी गरेका छन । मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आज (आइतबार) दैलेखमा आयोजित सभामा प्रचण्डले माओवादी बलियो हुँदा दलित, मजदुर, महिलाहरु बलियो हुने बताएका हुन...

रसुवाबाट ठूलो परिमाणमा सुन बरामद

२०८२ जेठ ४ गते १७:१८

काठमाण्डू, ४ जेठ– प्रहरीले रसुवा जिल्लाबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । अहिले बरामद गरीएको उक्त सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

२०८२ जेठ ४ गते १६:५२

काठमाण्डू, ४ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंशात्मक प्रर्दशनको जन कमाण्डर एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा...

सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

२०८२ जेठ ४ गते १६:२७

काठमाण्डू, ४ जेठ– सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रामेश्वर चौधरी नियुक्त भएका छन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई आज (आइतबार) उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीको सपथ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us