रसुवाबाट ठूलो परिमाणमा सुन बरामद

काठमाण्डु टुडे २०८२ जेठ ४ गते १७:१८ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– प्रहरीले रसुवा जिल्लाबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अहिले बरामद गरीएको उक्त सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि सुन बरामद भएको जानकारी गराए । तर, परिमाणबारे खुलाएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us