रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ ५ गते १२:२९ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–२ स्थित दिमीपोखरीमा दम्पतीलाई निर्घात कुटपिट गरेर एक जना युवकले सुनको गहना लुटेका छन् ।

वैशाख २९ मा मध्यराति पौने १२ बजेतिर सुरसुम्बा टोलमा बस्ने ७० वर्षीय सानोकान्छा तामाङ र उनकी पत्नी ६५ वर्षीया सानुकान्छी तामाङलाई कुटपिट गरेर आरोपीले सुनका गहना लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लुटमा संलग्न दिमीपोखरी बस्ने ३८ वर्षीय प्रेम बहादुर लामा ‘पेम्बा’लाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिएका छन ।

पेम्बाको घरबाट प्रहरीले लुटिएको सुनको २ थान बेरुवा रिङ बरामद गरेको गरीएको पनि उनले जानकारी दिए । मध्यराति छिमेकीको घरमा गएर उनले बिजुलीको मेन स्विच बन्द अफ गरेर लुटपाट गरेर प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

दम्पतीलाई घाइते बनाएर आरोपीले सानुकान्छी तामाङले लगाएको दुईवटा सुनको बेरुवा रिङ लुटपाट गरेर भागेका थिए । उनीविरुद्ध डाँकाचोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us