
काठमाण्डू, ७ जेठ– पूर्व अर्थमन्त्री समेत रहेका एमाचले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्न ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।
मंगलबार कांग्रेसको नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो सुझाव दिएका हुन । उनले भने, ‘मैले धेरै ठाउँमा भनेको छु, भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन ।
५०० र १००० को नोट बन्द गरिदिऔँ, नछापौँ। नागरिकलाई अहिले नै आतङ्कित नपारौँ । ०८५ पछि ५०० र १००० को नोट चल्दैन भनेर भनिदिऔँ ।’ यसपछि सरकारले सय रुपैयाँको मात्रै नोट छाप्नुपर्ने उनले सुझाव छ ।
पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘कसैले एक करोड घुस खानुपर्यो भने पनि एक ट्रक लिनुपर्यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्यो। यो सम्भव हुँदैन ।’