काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी वनस्थलीस्थित सो पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली लामिछानेलाई पक्रन घण्टीघर पुगेको हो । एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रास्वपा कार्यालय पुगेको हो ।...
काठमाण्डु,२ कात्तिक– जिल्ला अदालत कास्कीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तत्कालीन ‘बिजनेस पार्टनर’ छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न आदेश दिएको छ । आज शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन...
काठमाण्डु,२ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश समितिले आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् । मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम...
काठमाण्डु,२ कात्तिक– प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी स्रोतले जानकारी दिएको छ । अदालतको...
काठमाण्डु, २ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । कास्की प्रहरी प्रमुख...
काठमाण्डु,२ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सुरु भएको छ । गएको १० असोज देखी १३ असोजको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री एवं...
काठमाण्डु,२ कात्तिक– रास्वपाले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारी गरेको छ । सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्याए कास्की जिल्ला समितिले उतै प्रतिवाद गर्ने तयारी रास्वपा उच्च स्रोतले जानकारी दिएको छ । यसका लागि...
काठमाण्डु,२ कात्तिक– आफ्नो व्यस्तता बढेको भन्दै गृहमन्त्री रमेश लेखकले राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अनुपस्थित भएका छन् । बैठक आज शुक्रवार १२ बजे सिंहदरबारमा बसेको थियो । उक्त बैठकमा बाढी पहिरो लगायतका विपत्तिबाट भएको क्षति र सरकारले विपद् व्यवस्थापनका...
काठमाण्डु,२ कात्तिक– सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको छ । म्याद थप गर्ने प्रयोजनका लागि उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका उनी असोज...
काठमाण्डु,२ कात्तिक– जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालत कास्कीमा पुगेका छन । रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको भनिएको बेला दुई प्रहरी अधिकारी शुक्रबार दिउँसो अदालतमा आइपुगेका हुन् । उनीहरू अदालत आए पनि...
काठमाण्डु,२ कात्तिक– प्रहरीले बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भइ काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस सञ्चालन गर्दै आएका २९ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीको मानव बेचबिखन...
काठमाण्डु,२ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाण्डुमा रहेका केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भएको रास्वपाका एक नेताले जानकारी दिएका छन । सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध...