छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १५:५१ मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको छ ।

म्याद थप गर्ने प्रयोजनका लागि उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका उनी असोज ६ गते पक्राउ परेका थिए ।

उनलाई काठमाण्डुको नयाँ बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् ।

जोशीसँग ३६ पेज लामो बयान लिइएको अनुसन्धानमा संलग्न कास्कीका एक जना प्रहरी अधिकृतले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us