रविलाई पक्राउ गरे पोखरामा कार्यकर्ता उतार्ने रास्वपाको तयारीमा

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १६:३६ मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– रास्वपाले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्‍याए कास्की जिल्ला समितिले उतै प्रतिवाद गर्ने तयारी रास्वपा उच्च स्रोतले जानकारी दिएको छ । यसका लागि केन्द्रीय कार्यालयबाट अनौपचारिक रूपमा पनि कुनै सर्कुलर जारी भने नगरिएको स्रोतले जानकारी दिएको छ ।

रास्वापा स्रोतले भन्यो, ‘हामीले कुनै सर्कुलर जारी गरेका छैनौँ‚ ‘कार्यकर्ता जम्मा हुन्छन् भनेर जिल्लाबाट फोन आइरहेको छ । पार्टी सभापति पक्राउ पर्दा स्वतः स्फुर्त कार्यकर्ता जम्मा हुन्छन् नै।’ ती नेताले केन्द्रीय कार्यालयमा पनि कार्यकर्ताहरूलाई बोलाइएको छैन ।

‘कानुन सबैले मान्नुपर्छ । पक्राउ गरिहाले त्यसपश्चात् कसरी अघि बढ्ने निर्णय होला‚’ उनले थपे‚ ‘अहिले कुनै हतारो छैन । हामी उपलब्ध नेताहरू पार्टी कार्यालय तिरै छौँ।’

ती नेताका अनुसार अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us