कास्कीका एसपी र डीएसपी नै जिल्ला अदालतमा

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १५:४६ मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालत कास्कीमा पुगेका छन ।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको भनिएको बेला दुई प्रहरी अधिकारी शुक्रबार दिउँसो अदालतमा आइपुगेका हुन् ।

उनीहरू अदालत आए पनि रवि विरुद्ध पक्राउ पुर्जीका लागि हो या अन्य प्रयोजनका लागि भन्ने स्पस्ष्ट भईसकेको छैन । उनीहरू सञ्चारकर्मीलाई छल्दै अदालत प्रवेश गरेका थिए ।

उसो त आजै सहकारी ठगी प्रकरणमा यसअघि नै पक्राउ परेका रविका तत्कालीन साझेदार छविलाल जोशीविरुद्ध पनि आजै म्याद थप हुँदै छ । असोज ६ मा उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान लिइएको अनुसन्धानमा संलग्न कास्कीका एक जना प्रहरी अधिकृतले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us