समाचार

सहकारी ठगी आरोपमा पक्राउ परे पूर्वगृहमन्त्री लामिछाने

२०८१ कार्तिक २ गते १८:५७

काठमाण्डु, २ कात्तिक– सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि मा अपचलन गरेको आरोपमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाण्डुबाट लामिछानेलाई पक्राउ गरेको हो ।...

रवि लामिछाने पक्राउ

२०८१ कार्तिक २ गते १८:५७

काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्सवपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । काठमाण्डूको बनस्थलीस्थित पार्टी कार्यालयबाट ब्युरो (सिआइबी) का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले शुक्रबार साँझ इनलाइन पक्राउ गरेको हो । लामिछानेले ६ बजेर ४५ मिनेटमा पक्राउ पुर्जी बझेर कागजमा...

सरकार जनघाती कलङ्कहरूको गठबन्धन: सहमहामन्त्री बुर्लाकोटी

२०८१ कार्तिक २ गते १८:५१

काठमाण्डु, २ कात्तिक– रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वर्तमान सरकारलाई जनघाती कलङ्कहरूको गठबन्धन भएको बताएका छन । आज शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहमहामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन । उनले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भएलगत्तै भने, ‘निर्दोषलाई जबरजस्ती फसाउने अराजनीतिक चरित्रका विरुद्ध...

प्रहरीलाई लामिछानेले भनेः मलाई गाडीबाटै पोखरा लैजानुस्

२०८१ कार्तिक २ गते १८:२९

काठमाण्डु, २ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा लैजान प्रहरीलाई आग्रह गरेका छन । आज (शुक्रबार) जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाण्डुको बनस्थलीस्थित रास्वपाको...

रविलाई एमाले नेता रिजालको जवाफः ‘सरकार मरेको होइन, सक्रिय भएको हो’

२०८१ कार्तिक २ गते १८:२३

काठमाण्डु, २ कात्तिक– एमाले केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानको प्रतिक्रियाको जवाफ फर्काएका छन । रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको...

रविविरुद्ध पक्राउ अनुमति जारी भएसँगै पोखरामा रास्वपाको आकस्मिक बैठक जारी

२०८१ कार्तिक २ गते १८:१६

काठमाण्डु, २ कात्तिक– पोखरामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक सुरु भएको छ । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको रास्वपा स्रोतले जानकारी दिएको छ । बैठकले...

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिने, यस्तो छ कास्की प्रहरीको पत्र

२०८१ कार्तिक २ गते १८:१५

काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरी पोखरा लगिने भएको छ । लामिछानेलाई शुक्रबारै पक्रने तयारी छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली लामिछानेलाई पक्रन वनस्थलीस्थित रास्वपा कार्यालय घण्टीघर पुगेको छ ।...

सहकारी ठगी प्रकरणः रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी

२०८१ कार्तिक २ गते १८:१०

काठमाण्डु, २ कात्तिक– पोखराको सूर्य दर्शन सहकारी ठगीमाको आरोपमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो ।...

रवि लामिछानेलाई पक्रन आएको प्रहरीको प्रतिकार नगर्न रास्वपाको कार्यकर्तालाई निर्देशन

२०८१ कार्तिक २ गते १८:०३

काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली पार्टी कार्यालय बनस्थली पुगेको कुरा सत्य भएको जनाएको छ । कार्बाहक प्रवक्ता मनिष झाले प्रेस नोट जारी गर्दै रास्वपा कार्यालयमा प्रहरी आएको बताए । सत्तापक्षले कसैको राजनीति जोगाउन...

पक्राउ पुर्जी जारी गरेपछि रविको प्रतिक्रियाः ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

२०८१ कार्तिक २ गते १७:५९

काठमाण्डु,२ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले आफुलाई पक्राउ पुर्जी जारी भएपछि सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । आज (शुक्रबार) कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार मरेर...

पक्राउ पुर्जीपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिड

२०८१ कार्तिक २ गते १७:५२

काठमाण्डु,२ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपाको केन्द्रीय कार्यालयमा बनस्थलीमा नेता कार्यकर्ता भेला भएका छन् । वनस्थली स्थित पार्टी कार्यालयमा कार्यकर्ताहरू जम्मा हुने क्रम जारी रहेको छ । बिहानैबाट लामिछानेलाई पक्राउ...

पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री ओलीलाई रविको प्रश्न: तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ?

२०८१ कार्तिक २ गते १७:४७

काठमाण्डु,२ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले आफुलाई पक्राउ पुर्जी जारी भएपछि सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । आज (शुक्रबार) कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार मरेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us