समाचार

रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छः सूर्य थापा

२०८१ कार्तिक ३ गते १२:४२

काठमाण्डु, ३ कात्तिक– प्रतिनिधि सभा सदस्य तथा एमालेका नेता सूर्य थापाले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्राउलाई लिएर भएको विरोधप्रति असन्तुष्टि व्यक्त गरेका छन । आज शनिबार थापाले सामाजिक सञ्जाल फेसबुकमा पक्राउको विरोध हुनुलाई नाटकको संज्ञा...

मेसियाले बढायो श्रमिकको पारिश्रमिक, नेपाली कामदार खुसी

२०८१ कार्तिक ३ गते ११:३९

एजेन्सी– नेपाली कामदारहरुको आकर्षक गन्तब्य मलेसियामा श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । आगामी सन् २०२५ को फेब्रुअरी १ बाट लागू हुने गरी श्रमिकको पारिश्रमिक बढाउने घोषणा त्यहाँको सरकारले गरेको छ । हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १ हजार ५ सय रिंगेट रहेकामा २...

दशैंको टीका लगाउन मामाघर गएका मानन्धर होटलमा मृत फेला

२०८१ कार्तिक ३ गते ११:३०

हेटौंडा, ३ कात्तिक– हेटौंडा उपमहानगरपालिका–२ स्थित उक होटलमा पुरुष मृत फेला परेका छन् । स्थानीय पल्पसा प्याराडाइज होटेलमा काठमाण्डु महानगरपालिका–७ चावहिलका ४७ वर्षीय अजय मानन्धर शुक्रबार मृत फेला परेका प्रहरीले जनाएको छ । उनी गत २७ असोजदेखि उक्त होटेलको ४०५ नम्बर कोठामा बस्दै आएका...

रास्वपाका जिल्ला अधिवेशनहरु स्थगित, ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शनको तयारी

२०८१ कार्तिक ३ गते ९:३६

काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी जिल्ला अधिवेशनहरू स्थगित गरेको छ । सभापती रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा छानबिनका लागि पक्राउ परेपछि पूर्वनिर्धारित सबै अधिवेशनहरु स्थगन गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाद्वारा जारी सर्कुलरमा विकसित...

नेता दाहिना भएपछि…

२०८१ कार्तिक ३ गते ९:२७

काठमाण्डु, ३ कात्तिक– सरकारका एक सहसचिवले अवकाश नपाउँदै बागमती लोकसेवा आयोगका अध्यक्षको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामा नतृत्वको सिफारिस समितिले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठको नाम सिफारिस गरेको हो । समितिमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल र...

आज केही स्थानमा चट्याङसहित वर्षा हुने

२०८१ कार्तिक ३ गते ९:१४

काठमाण्डु, ३ कात्तिक– हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू–भागमा आंशिक...

रवि लामिछानेलाई पक्राउ गरेकामा सिके राउतद्वारा सरकारको निन्दा

२०८१ कार्तिक ३ गते ९:०९

काठमाण्डु, ३ कात्तिक– जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको टिप्पणी गरेका छन् । राउतले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संसदमा २१ सिट भएको नयाँ दलका सभापतिको पक्राउ प्रकरणलाई प्रतिशोध र निषेधको राजनीतिको संज्ञा दिए । राउतले लामिछाने पक्राउ...

काठमाण्डुका यी स्थानमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

२०८१ कार्तिक ३ गते ८:५६

काठमाण्डु, ३ कात्तिक– नेपाल विद्युत प्राधिकरणले काठमाण्डुका विभिन्न स्थानमा आज तीनदेखि चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ । प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा शनिबार दिउँसो केही समय विद्युत अवरूद्ध हुने जनाएको हो । महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार...

चितवनमा प्रहरी हिरासतमा थुनुवाको मृत्यु

२०८१ कार्तिक ३ गते ८:५१

चितवन, ३ कात्तिक– इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ । चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले अपराधिक लाभ कसुर मुद्दाका थुनुवा रत्ननगर–१३ का ४५ वर्षीय महमद क्यामोदिनको मृत्यु भएको पुष्टि गरे । उनको शव थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो परेको...

रास्वपाले काठमाण्डु र पोखरामा सरकारविरुद्ध प्रदर्शन गर्ने

२०८१ कार्तिक ३ गते ८:३९

काठमाण्डु, ३ असोज- सभापति रवि लामिछानेको पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज काठमाण्डु र पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । रास्वपाले  बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ काठमाण्डुको माइतीघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो...

रवि लामिछानेलाई आइतबार मात्र अदालतमा उपस्थित गराइने

२०८१ कार्तिक ३ गते ८:०२

काठमाण्डु, ३ असोज- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाण्डुबाट पक्राउ परेका...

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको भीड

२०८१ कार्तिक ३ गते ७:२८

म्याग्दी, ३ कात्तिक- यहाँको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैंको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण-३ नारच्याङको हुमखोलाबाट उक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us