रास्वपाका जिल्ला अधिवेशनहरु स्थगित, ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शनको तयारी

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ९:३६ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी जिल्ला अधिवेशनहरू स्थगित गरेको छ ।

सभापती रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा छानबिनका लागि पक्राउ परेपछि पूर्वनिर्धारित सबै अधिवेशनहरु स्थगन गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाद्वारा जारी सर्कुलरमा विकसित राजनीतिक घटनाक्रमका कारण ततकालका लागि अधिवेशन स्थगित गर्न भनिएको छ । यस्तै सभापतिको प्रक्राउविरुद्ध ७७ वटै जिल्लामा सदरमुकाम केन्द्रित विरोध कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक प्रतिशोध साँधेर सरकारले दोषीलाई च्याप्ने र निर्दोषलाई न्याक्ने गरी अराजनीतिक कदम चालेको विरोधमा शनिबार देशैभर जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्न निर्देशन जारी गरिएको बताए ।

कास्की जिल्ला अदालतबाट अनुमति लिएर प्रहरीले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी स्थलमार्गबाट राति नै पोखरा लगेको छ ।

लामिछानेलाई पक्राउ गरिएको विरोधमा राजमार्गका विभिन्न स्थानमा जम्मा भएका कार्यकर्ताले उनको समर्थन र प्रधानमन्त्री केपी ओलीको विरोधमा नाराबाजी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us