मेसियाले बढायो श्रमिकको पारिश्रमिक, नेपाली कामदार खुसी

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ११:३९ मा प्रकाशित

एजेन्सी– नेपाली कामदारहरुको आकर्षक गन्तब्य मलेसियामा श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ ।

आगामी सन् २०२५ को फेब्रुअरी १ बाट लागू हुने गरी श्रमिकको पारिश्रमिक बढाउने घोषणा त्यहाँको सरकारले गरेको छ ।

हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १ हजार ५ सय रिंगेट रहेकामा २ सय बढाएर १ हजार ७ सय पु-याउने घोषणा सरकारले गरेको हो ।
प्रधानमन्त्री प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै न्यूनतम पारिश्रमिक २ सय रुपैयाँले बढाइने घोषणा गरे ।

पाँचभन्दा कम कामदार भएका कम्पनी र उद्योगमा भने १ अगष्टदेखि मात्र नयाँ पारिश्रमिक लागू हुने त्यहाँका सञ्चार माध्यमले बताएका छन् ।
पारिश्रमिक बढ्ने भएपछि मलेसियामा रहेका नेपाली कामदार खुसी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us