रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छः सूर्य थापा

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– प्रतिनिधि सभा सदस्य तथा एमालेका नेता सूर्य थापाले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्राउलाई लिएर भएको विरोधप्रति असन्तुष्टि व्यक्त गरेका छन ।

आज शनिबार थापाले सामाजिक सञ्जाल फेसबुकमा पक्राउको विरोध हुनुलाई नाटकको संज्ञा दिएका छन । नयाँ नाटक सुपरफ्लप हुने दाबी गर्दै उनले लेखेका छन,‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ–‘प्रतिशोध !’

सुपरफ्लप हुने बाटो–प्रतीक्षा गरौँ ।’थापा नेतृत्वको सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले नै रविलाई सहकारीको पैसा गोर्खा नेटवर्कमा ल्याएपछि भएको खर्च गर्नमा जिम्मेवार ठहर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us