नेता दाहिना भएपछि…

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ९:२७ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– सरकारका एक सहसचिवले अवकाश नपाउँदै बागमती लोकसेवा आयोगका अध्यक्षको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामा नतृत्वको सिफारिस समितिले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठको नाम सिफारिस गरेको हो ।

समितिमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल र सभामुख भुवन पाठक सदस्य छन् ।

समिति बैठकले गत २१ असोजमा श्रेष्ठलाई आयोग अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख प्रदेश प्रमुख दीपककप्रसाद देवकोटासमक्ष सिफारिस गरेको हो । तर, समितिले १ कात्तिकमा मात्र प्रदेश प्रमुखको कार्यालयमा सोसम्बन्धी पत्र पठाएको छ ।

समितिको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश लोकसेवा आयोगको अध्यक्षको नियुक्ति र सपथ गराउने कानुनी प्रबन्ध छ ।

आयोग अध्यक्षमा सिफारिस श्रेष्ठले उमेर हदका कारण बिहीबारबाट सहसचिवबाट स्वतः अवकाश पाएका थिए । श्रेष्ठ बुटलवस्थित लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको निर्देशक थिए ।

यसअघिका अध्यक्ष सुरेशमान श्रेष्ठको उमेर हदका कारण सात महिनाअघि नै अवकाश भए पनि दलहरुबीच सहमति नहुँदा हालसम्म प्रदश लोकसेवा आयोगको अध्यक्ष नियुक्त भएको थिएन ।

प्रदेश प्रमुखको कार्यालयले श्रेष्ठलाई आइतबार नियुक्ति दिने र सोमबार सथप गराउने तयारी गरेको छ ।

यसैबीच कनिष्ठ सहसचिव श्रेष्ठलाई आयोग अध्यक्षमा सिफारिस गरिएकामा असन्तुष्टि जनाउँदै सदस्य सुर्दशन ढकालले राजीनामा दिएका छन् । ढकाल पनि अध्यक्षका आकांक्षी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us