रास्वपाले काठमाण्डु र पोखरामा सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, ३ असोज- सभापति रवि लामिछानेको पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज काठमाण्डु र पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले  बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ काठमाण्डुको माइतीघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरी स्थलमार्गबाट राति नै पोखरा लगिएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार सिआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us