काठमाण्डु, २ कात्तिक– रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वर्तमान सरकारलाई जनघाती कलङ्कहरूको गठबन्धन भएको बताएका छन । आज शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहमहामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन ।
उनले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भएलगत्तै भने, ‘निर्दोषलाई जबरजस्ती फसाउने अराजनीतिक चरित्रका विरुद्ध घोर भर्सना गरौं।’
उनले सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न दसैँअघिदेखि नै सरकारले निरन्तर प्रयास गरेपनि प्रमाण नपुग्ने भन्दै अदालतबाट बारम्बार रितो हात फिर्ता आएको बताए ।
उनले भने, ‘सबैतिरको सेटिङ मिलाइसकेपछि आज बिना आधारको पक्राउ पुर्जी लिएर रवि लामिछानेलाई लिन भन्दै प्रहरीहरू आइपुगे।’