रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिने, यस्तो छ कास्की प्रहरीको पत्र

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १८:१५ मा प्रकाशित

काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरी पोखरा लगिने भएको छ ।

लामिछानेलाई शुक्रबारै पक्रने तयारी छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली लामिछानेलाई पक्रन वनस्थलीस्थित रास्वपा कार्यालय घण्टीघर पुगेको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेविरूद्ध संगठित अपराधमा शुक्रबार पक्राउ अनुमति दिएको थियो ।

कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइदिन केन्द्रीय अनुसन्धान ब्युरो, ज़िल्ला प्रहरी परिसर काठमाण्डू र उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको छ ।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीको पैसा अपचलन गरेको निस्कर्षसहित उनीमाथि कारबाही सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us