काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्सवपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
काठमाण्डूको बनस्थलीस्थित पार्टी कार्यालयबाट ब्युरो (सिआइबी) का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले शुक्रबार साँझ इनलाइन पक्राउ गरेको हो ।
लामिछानेले ६ बजेर ४५ मिनेटमा पक्राउ पुर्जी बझेर कागजमा हस्ताक्षर गरेका छन् । उनलाई आजै स्थलमार्गबाट पोखरा लैजाने तयारी छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएलगत्तै प्रहरीले । उनलाई पक्राउ गरेको हो ।
संसदीय विशेष छानविन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको भन्ने आरोप पुष्टि नभए पनि रकम ल्याइसकेपछि खर्च गर्नमा भने लामिछाने संलग्न रहेकाले कारबाही सिफ़ारिश गरेको थियो ।
प्रहरीले लामिछानेमाथि संगठित अपराध कसुरमा कारोबाही गर्न पक्राउ अनुमति मागेको छ ।
यसअघि गोर्खा मिडियाका अर्का सन्चालक प्रहरीका पूर्बडिआइजी छविलाल जोशीलाई सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशीलाई काठमाण्डूमा शुक्राचार्य गरी पोखरा लागिएको थियो ।