काठमाण्डु, २ कात्तिक– पोखरामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक सुरु भएको छ । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको रास्वपा स्रोतले जानकारी दिएको छ ।
बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने नेता उत्तम पौडेलले जानकारी दिएका छन । बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइनेछ उनले जानकारी दिएका छन। रास्वपाले नेता कार्यकर्तालाई पोखरामा उतार्ने भनेर यसअघि नै अनौपचारिक निर्णय समेत गरी सकेको छ ।