पक्राउ पुर्जीपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिड

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १७:५२ मा प्रकाशित

काठमाण्डु,२ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपाको केन्द्रीय कार्यालयमा बनस्थलीमा नेता कार्यकर्ता भेला भएका छन् ।

वनस्थली स्थित पार्टी कार्यालयमा कार्यकर्ताहरू जम्मा हुने क्रम जारी रहेको छ । बिहानैबाट लामिछानेलाई पक्राउ गर्ने चर्चाका बिच नेताहरू पार्टी कार्यालयमा बसिरहेका छन् ।

सभापति लामिछाने पनि पार्टी मुख्यालय बनस्थलीमै रहेका छन । सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछाने संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई केही बेर अघि अनुमति दिएपश्चात् पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us