
प्रतिनिधिसभा बैठक – उपप्रधानमन्त्री लामिछाने
काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली पार्टी कार्यालय बनस्थली पुगेको कुरा सत्य भएको जनाएको छ ।
कार्बाहक प्रवक्ता मनिष झाले प्रेस नोट जारी गर्दै रास्वपा कार्यालयमा प्रहरी आएको बताए ।
सत्तापक्षले कसैको राजनीति जोगाउन कुण्ठित कदम चालेको र राजनीतिक प्रतिशोध सांधेकोमा आफूहरु स्पष्ट रहेको उल्लेख गरे ।
तर पक्राउ गर्न आएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको झाले स्पस्ट गरे ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली लामिछानेलाई पक्रन घण्टीघर पुगेको हो ।
जिल्ला अदालत कास्कीले लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो ।
कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।
संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीको पैसा अपचलन गरेको निस्कर्षसहित उनीमाथि कारबाही सिफारिस गरेको थियो ।
लामिछानेलाई पक्राउ गर्ने तयारी भएको सूचना पाएपछि शुक्राबार बिहान बसेको विपक्षी दलहरुको बैठकले उनलाई पक्राउ गरे प्रतिकार गर्ने चेतावनी दिएको थियो ।
सभापतिलाई पक्राउ गर्ने तयारीपछि रास्वपाले कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाएको छ ।