रविलाई एमाले नेता रिजालको जवाफः ‘सरकार मरेको होइन, सक्रिय भएको हो’

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १८:२३ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– एमाले केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानको प्रतिक्रियाको जवाफ फर्काएका छन । रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका हुन् । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले भनेका थिए, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ त्यसको काउन्टर जवाफ दिँदै रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् ।

रिजालले समेत फेसबुकबाटै जवाफ लेख्दै भनेका छन्, रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश नखसेको बताएका छन् ।

त्यो बेला राजनीतिक प्रतिशोध नभएको उनको भनाइ छ । रवि पक्राउ पर्दा के आकाश खस्छ भनेर उनले प्रश्न गरे । उनले कानुनलाई सघाउन र ६५ करोडबारे जवाफ दिन र अदालतले न्याय दिने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us