प्रहरीलाई लामिछानेले भनेः मलाई गाडीबाटै पोखरा लैजानुस्

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा लैजान प्रहरीलाई आग्रह गरेका छन ।

आज (शुक्रबार) जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाण्डुको बनस्थलीस्थित रास्वपाको मुख्यालयमै पुगेको छ ।

त्यहाँ एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली पुगेको हो। उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेको स्रोतले जानकारी दिएको छ।

उनको अनुरोधलाई प्रहरीले स्वीकार गरेको र गाडीको व्यवस्था गर्ने तयारी भइरहेको पनि स्रोतले बताएको छ। सभापति लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अहिले केहीबेरमा सभापति लामिछानेले पार्टी कार्यालयमा बोल्ने कार्यक्रम रहेको जानकारी दिएका छन । पार्टी सदस्यहरू तथा पत्रकारहरूबीच सभापति लामिछानेले आफ्ना कुरा राख्ने पनि झाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us