काठमाण्डु,२ कात्तिक– जिल्ला अदालत कास्कीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तत्कालीन ‘बिजनेस पार्टनर’ छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न आदेश दिएको छ ।
आज शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन ।
असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप भएको थियो ।