रवि लामिछानेविरूद्ध पक्राउ अनुमति जारी

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो ।

कास्की जिल्ला  अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न  अनुमति दिएको छ ।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया र डीएसपी बसन्तकुमार शर्मा पक्राउ पुर्जी माग गर्दै जिल्ला अदालत पुगेका थिए ।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीको पैसा अपचलन गरेको निस्कर्षसहित उनीमाथि कारबाही सिफारिस गरेको थियो ।

लामिछानेलाई पक्राउ गर्ने तयारी भएको सूचना पाएपछि शुक्राबार बिहान बसेको विपक्षी दलहरुको बैठकले उनलाई पक्राउ गरे प्रतिकार गर्ने चेतावनी दिएको थियो ।

सभापतिलाई पक्राउ गर्ने तयारीपछि रास्वपाले कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us