काठमाण्डु,२ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश समितिले आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् ।
मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् ।
झाले जुम मिटिङ बोलाएका छन् । ‘सबै जिल्ला, पालिका, वार्डको जिम्मेवारी रहेका नेतृत्वहरु तयारी अवस्थामा बसौं,’ झाले प्रदेश मातहतका कार्यकर्तालाई लेखिएको मेसेजमा भनिएको छ ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाएको साहले मेसेजमा लेखेका छन् ।