रवि लामिछानेलाई पक्राउ गर्न घण्टीघर पुग्यो सिआईबी टोली

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १७:४५ मा प्रकाशित

काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी वनस्थलीस्थित सो पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली लामिछानेलाई पक्रन घण्टीघर पुगेको हो ।

एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली  रास्वपा कार्यालय पुगेको हो । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट डिएसपी नेतृत्वको थप टोलीसमेत परिचालित भएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो ।

कास्की जिल्ला  अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न  अनुमति दिएको छ ।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया र डीएसपी बसन्तकुमार शर्मा पक्राउ पुर्जी माग गर्दै जिल्ला अदालत पुगेका थिए ।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीको पैसा अपचलन गरेको निस्कर्षसहित उनीमाथि कारबाही सिफारिस गरेको थियो ।

लामिछानेलाई पक्राउ गर्ने तयारी भएको सूचना पाएपछि शुक्राबार बिहान बसेको विपक्षी दलहरुको बैठकले उनलाई पक्राउ गरे प्रतिकार गर्ने चेतावनी दिएको थियो ।

सभापतिलाई पक्राउ गर्ने तयारीपछि रास्वपाले कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us