समाचार

घरमा बम विस्फोट भएर घाइते भए पूर्वसैनिक

२०८१ कार्तिक ४ गते १८:०४

काठमाण्डू, ४ कात्तिक- स्याङ्जाको चापाकोट नगरपालिका-४ मा बम विस्फोट हुँदा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी घाइते भएका छन् । पुरीगाउँस्थित उनको आफ्नै घरमा  सकेट बम बिस्फोट हुँदा भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय भूपू सैनिक पुरी २ वर्षअघि सेवा निवृत्त भएका थिए...

एमालेको सचिवालय बैठक जारी

२०८१ कार्तिक ४ गते १७:५९

काठमाण्डु, ४ कात्तिक– एमाले सचिवालय बैठक सुरु भएको छ । एमालेको सचिवालय बैठक एमाले मुख्यालय च्याससलमा केहिबेर अधि मत्रै सुरु भएको केन्द्रीय कार्यालय सचिव डा‍‍. भीष्मराज अधिकारीले जानकारी दिएका छन । आजको सचिवालय बैठकमा पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल...

गृहमन्त्री लेखकको रास्वपा लक्षित टिप्पणीः अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुन्छ, प्रहरीसँग जाइलाग्ने होइन

२०८१ कार्तिक ४ गते १७:५०

काठमाण्डू, ४ कात्तिक- गृहमन्त्री रमेश लेखकले अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुने बताएका छन् । अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न उनले सचेत गराए । ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान...

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ कार्तिक ४ गते १७:२९

काठमाण्डु, ४ कात्तिक– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई...

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ कार्तिक ४ गते १७:२१

दाङ, ४ कात्तिक– प्रहरीले दाङबाट ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी...

गृहमन्त्री लेखक आफैंले गरे ट्राफिक नियम मिच्ने मोटरसाइकल चालकलाई कारबाही

२०८१ कार्तिक ४ गते १७:१०

काठमाण्डू, ४ कात्तिक- काठमाण्डू उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई नागरिक एपमार्फत जरिवाना गराउने अभियान सुरू भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले उक्त सेवाको विधिवत शुभारम्भ गरे । मन्त्री लेखकले सिंहदरबार अगाडि लेन अनुशासन उल्लंघन गरेका एक मोटरसाइकल...

सिके राउतको जनमत पार्टी सरकारविरुद्ध आन्दोलनको तयारीमा

२०८१ कार्तिक ४ गते १६:५६

काठमाण्डू, ४ कात्तिक- सत्तारुढ सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारविरुद्घ आन्दोलनको तयारी गरेको छ । जनमतको आइतबार राजधानीमा बसेको सचिवालय बैठकले आन्दोलनका लागि तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । प्रवक्ता शरदसिंह यादवले देशको राजनीतिमी विषम परिस्थि उत्पन्न भएकाले आन्दोलमा उत्रिने परिस्थिति आएको...

रवि लामिछानेविरुद्धको बहस सकियो, केहीबेरमै म्याद थपबारे निर्णय हुँदै

२०८१ कार्तिक ४ गते १६:४७

काठमाण्डु, ४ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो । केहीबेरमै...

संसदीय समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही सुरु भयोः सञ्चारमन्त्री गुरुङ

२०८१ कार्तिक ४ गते १६:२६

काठमाण्डु, ४ कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा कारबाही सुरु भएको जानकारी दिएका छन । आज (आइतबार) मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन...

जलनको निःशुल्क उपचार गर्ने सरकारको निर्णय, सातै प्रदेशमा तोकिए अस्पताल

२०८१ कार्तिक ४ गते १६:११

काठमाण्डू, ४ कात्तिक- सरकारले जलनको उपचार निःशुल्क गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्नेलाई जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । कोशीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा नारायणी अस्पताल वीरगन्ज, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा...

कतारलाई एक जोडी हात्ती उपहार दिने मन्त्रिपरिषदको निर्णय

२०८१ कार्तिक ४ गते १५:५४

काठमाण्डू, ४ कात्तिक- नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने निर्णयमा उल्लेख छ ।...

अख्तियारका एसपी थापा हनीट्र्याप प्रकरणमा हेर्डक्वाटर तानिए

२०८१ कार्तिक ४ गते १५:३९

काठमाण्डू, ४ कात्तिक-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा कार्यरत नेपाल प्रहरीका एसपी कमल थापा मुख्यालय तानिएका छन् । हनी ट्र्यापमा संलग्न आपराधिक गिरोहसँग साँठगाँठ देखिएपछि थापालाई प्रहरी प्रधान कार्यालय तानिएको हो । एसपी थापामाथि प्रधान कार्यालयको उजुरी तथा छानबिन शाखाले छानबिन गरिरहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us