संसदीय समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही सुरु भयोः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा कारबाही सुरु भएको जानकारी दिएका छन ।

आज (आइतबार) मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन । उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरुवाती कारबाही सुरु गरेको बताएका हुन् ।

मन्त्री गुरुङले समितिको प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन । मन्त्री गुरुङले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताएका छन ।

उनले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा काम सम्पन्न गरेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us