सिके राउतको जनमत पार्टी सरकारविरुद्ध आन्दोलनको तयारीमा

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १६:५६ मा प्रकाशित

काठमाण्डू, ४ कात्तिक- सत्तारुढ सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारविरुद्घ आन्दोलनको तयारी गरेको छ ।

जनमतको आइतबार राजधानीमा बसेको सचिवालय बैठकले आन्दोलनका लागि तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

प्रवक्ता शरदसिंह यादवले देशको राजनीतिमी विषम परिस्थि उत्पन्न भएकाले आन्दोलमा उत्रिने परिस्थिति आएको बताए ।

पार्टीका सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन जारी गरिएको यादवले जनाए ।

यस्तै बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्वाचन परिचालन समितिलाई निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us