समाचार

संसदीय समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही सुरु भयोः सञ्चारमन्त्री गुरुङ

२०८१ कार्तिक ४ गते १६:२६

काठमाण्डु, ४ कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा कारबाही सुरु भएको जानकारी दिएका छन । आज (आइतबार) मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन...

जलनको निःशुल्क उपचार गर्ने सरकारको निर्णय, सातै प्रदेशमा तोकिए अस्पताल

२०८१ कार्तिक ४ गते १६:११

काठमाण्डू, ४ कात्तिक- सरकारले जलनको उपचार निःशुल्क गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्नेलाई जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । कोशीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा नारायणी अस्पताल वीरगन्ज, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा...

कतारलाई एक जोडी हात्ती उपहार दिने मन्त्रिपरिषदको निर्णय

२०८१ कार्तिक ४ गते १५:५४

काठमाण्डू, ४ कात्तिक- नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने निर्णयमा उल्लेख छ ।...

अख्तियारका एसपी थापा हनीट्र्याप प्रकरणमा हेर्डक्वाटर तानिए

२०८१ कार्तिक ४ गते १५:३९

काठमाण्डू, ४ कात्तिक-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा कार्यरत नेपाल प्रहरीका एसपी कमल थापा मुख्यालय तानिएका छन् । हनी ट्र्यापमा संलग्न आपराधिक गिरोहसँग साँठगाँठ देखिएपछि थापालाई प्रहरी प्रधान कार्यालय तानिएको हो । एसपी थापामाथि प्रधान कार्यालयको उजुरी तथा छानबिन शाखाले छानबिन गरिरहेको छ ।...

विपक्षी दलले सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

२०८१ कार्तिक ४ गते १५:२३

काठमाण्डु, ४ कात्तिक– प्रतिपक्षी दलहरुले भोली (सोमबार) नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको स्रोतले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र...

पोखराबाट एक जना प्रदर्शनकारी पक्राउ

२०८१ कार्तिक ४ गते १५:१६

काठमाण्डु, ४ कात्तिक– कास्की प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ गरेको छ । आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनले कोही सहकारी पीडित...

पूर्ववडाअध्यक्ष र प्रहरी नै अपहरणमा संलग्न

२०८१ कार्तिक ४ गते १५:०५

दाङ, ४ कात्तिक- अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले प्यूठान नगरपालिकाका पूर्ववडाध्यक्ष लीलासिंह केसीसहित पाँच जना पक्राउ गरेको छ । नमस्ते यातायात प्रालिका अध्यक्षसमेत रहेका पूर्ववडाअध्यक्ष केसीसहित दिलबहादुर दसौंदी, सन्तोष दसौंदी,  प्रितम गिरी र शरद गिरीलाई पक्राउ गरिएको  दाङ प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये...

रास्वपाका कार्यकर्ताद्वारा पोखरामा पत्रकारमाथि हातपात

२०८१ कार्तिक ४ गते १४:५४

 काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा म्यानमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । यो घटनाप्रति नेपाल पत्रकार महासंघको...

एमाले पार्टी कार्यालय बनाउन भन्‍दै अखिल क्रान्तिकारीको एक रुपैयाँ संकलन अभियान

२०८१ कार्तिक ४ गते १४:४१

काठमाण्डु, ४ कात्तिक– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संध अखिल क्रान्तिकारीले एमालेको पार्टी कार्यालय बनाउन भन्‍दै एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ । देसको संघिय राजधानी काठमाण्डुमा चलाइएको अभियानमा हिजो सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज...

पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

२०८१ कार्तिक ४ गते १४:३७

काठमाण्डु, ४ कात्तिक– कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि हस्तक्षेप गरेको छ । नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरेको छ । पानीको...

सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हुन: रवि लामिछाने

२०८१ कार्तिक ४ गते १४:२०

काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिनेमा आफु ढुक्क रहेको बताएका छन । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा...

सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छः रवि लामिछाने

२०८१ कार्तिक ४ गते १४:१५

काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिनेमा आफु ढुक्क रहेको बताएका छन । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us