पोखराबाट एक जना प्रदर्शनकारी पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– कास्की प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ गरेको छ ।

आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us