एमाले पार्टी कार्यालय बनाउन भन्‍दै अखिल क्रान्तिकारीको एक रुपैयाँ संकलन अभियान

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संध अखिल क्रान्तिकारीले एमालेको पार्टी कार्यालय बनाउन भन्‍दै एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ ।

देसको संघिय राजधानी काठमाण्डुमा चलाइएको अभियानमा हिजो सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी दिएका छन ।

आइतबार प्रदर्शनीमार्गमा क्याम्पस जिल्ला संगठन र प्राविधिक जिल्ला संगठनले रकम संकलन गरेको सापकोटाले जानकारी दिएका छन । शनिबार र आइतबार संकलन भएको रकम एमालेको बैंक खातामा जम्मा गरिने उनले जानकारी दिएका छन ।

सत्ताको नेतृत्व गरेको एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दान लिएको छ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us