जलनको निःशुल्क उपचार गर्ने सरकारको निर्णय, सातै प्रदेशमा तोकिए अस्पताल

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १६:११ मा प्रकाशित

काठमाण्डू, ४ कात्तिक- सरकारले जलनको उपचार निःशुल्क गर्ने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्नेलाई जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

कोशीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा नारायणी अस्पताल वीरगन्ज, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचार निःशुल्क गर्ने निर्णयमा उल्लेख छ ।

लुम्बिनीमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा पनि उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलन उपचार व्यवस्था निःशुल्क गर्ने आइतबार सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us