समाचार

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

२०८१ कार्तिक ४ गते १२:३२

काठमाण्डु, ४ कात्तिक– पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । मिश्रको आज आइतबार बिहान निधन भएको हो । डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र...

प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेट

२०८१ कार्तिक ४ गते १२:२४

काठमाण्डु, ४ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो...

कास्कीको शहिद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा

२०८१ कार्तिक ४ गते १२:०९

 काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरीएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको...

मोटरसाइकल जोगाउन खोज्दा बस पल्टियो, २१ वर्षीया युवतीको मृत्यु

२०८१ कार्तिक ४ गते ९:५७

सप्तरी, ४ कात्तिक- सप्तरीमा आइतबार बिहान बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो । उदयपुरको गाईघाटबाट काँकडभिट्टाका लागि छुटेको बस कञ्चनरुप नगरपालिको बरमझियामा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले...

धनराज गुरुङ र ऋषिकेश पोखरेल सहकारी ठगीमा संलग्न छैनन्ः सूर्य थापा

२०८१ कार्तिक ४ गते ९:१७

काठमाण्डु, ४ कात्तिक– सहकारीको बचत अपचलन हिनामिना छानबिन गर्न गठित संसदीय समितिका सभापति एवं एमाले सांसद् सूर्यबहादुर थापाले काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल सहकारी ठगी प्रकरणमा दोषी नदेखिएको दाबी गरेका छन् । उनले धनराज ...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

२०८१ कार्तिक ४ गते ७:५२

काठमाण्डु, ४ कात्तिक– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । आइतबार बिहान कोसी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

२०८१ कार्तिक ४ गते ७:४४

काठमाण्डु, ४ कात्तिक– सहकारी ठगी र संगठित अपराध आरोपको छानबिनका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । कास्की प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा प्रस्तुत गर्न लागेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले...

ट्रक दुर्घटनामा चालकको मृत्यु

२०८१ कार्तिक ३ गते २१:५९

कालिकोट- कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेत जाँदै गरेको लु१क ३९३० नम्बरको ट्रक खल्लागाड पुलनजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोट प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए । ट्रक सडकबाट...

चाडपर्वका बेला पनि विदेशिने क्रम रोकिएन

२०८१ कार्तिक ३ गते २१:४८

काठमाण्डू, ३ कात्तिक- चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।  असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १०...

बालिकालाई बेश्यावृति गराएको आरोपमा गेष्टहाउस सन्चालक पक्राउ

२०८१ कार्तिक ३ गते २१:२३

काठमाण्डू, ३ कात्तिक- बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको आरोपमा नयाँ बसपार्कबाट एक गेस्टहाउस  सन्चालक पक्राउ परेका छन् । निमा गेष्ट हाउसका सञ्चालक नुवाकोट तादी गाउँपालिका-६ का २९ वर्षीय सुजन तामाङ  पक्राउ परेको प्रहरीले जनाएको छ ।  मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले काठमाण्डूको टोखा नगरपालिका-९...

जग्गा दान लिएको विषयमा छलफल गर्न ओलीले बोलाए एमाले बैठक

२०८१ कार्तिक ३ गते २१:०६

काठमाण्डू, ३ कात्तिक- सत्तारूढ एमालेले पार्टी सचिवालय बैठक बोलाएको छ । आइतबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय  बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । भाटभटेनी सन्चालक व्यवसायी  मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन कीर्तिपुरमा १० रोपनी १४...

पाथीभरा मन्दिरमा एकै दिन पुगे ६ हजार दर्शनार्थी

२०८१ कार्तिक ३ गते २०:३९

ताप्लेजुङ, ३ कात्तिक- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दशैंको टीकापछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us