ट्रक दुर्घटनामा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते २१:५९ मा प्रकाशित

कालिकोट- कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको लु१क ३९३० नम्बरको ट्रक खल्लागाड पुलनजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोट प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए

ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ। चालकको घटनास्थलमै मृत्यु भएको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us