मोटरसाइकल जोगाउन खोज्दा बस पल्टियो, २१ वर्षीया युवतीको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते ९:५७ मा प्रकाशित

सप्तरी, ४ कात्तिक- सप्तरीमा आइतबार बिहान बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टाका लागि छुटेको बस कञ्चनरुप नगरपालिको बरमझियामा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको छ ।

अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा उपचार  भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us