पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि हस्तक्षेप गरेको छ ।

नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरेको छ । पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए ।

निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् । अटेरी गरे थप बल प्रयोग गर्न बाध्य हुने प्रहरीले माइकिङ गर्दै चेतावनी समेत दिईसकेको छ ।

सहकारी ठगी मुद्दामा शुक्रबार काठमाण्डुबाटबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा रहेकाले उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us