रास्वपाका कार्यकर्ताद्वारा पोखरामा पत्रकारमाथि हातपात

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १४:५४ मा प्रकाशित

 काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा म्यानमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात गरेका छन् ।

यो घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । आज बिहान ११ः३० बजेतिर पोखराको शहीद चोकमा अध्यक्ष लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै जुलुस निकोलेका थिए ।

उक्त जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा आन्दोलनरत कार्यकर्ताले पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको जानकारी प्राप्त भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us