काठमाण्डू, ४ कात्तिक- काठमाण्डू उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई नागरिक एपमार्फत जरिवाना गराउने अभियान सुरू भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले उक्त सेवाको विधिवत शुभारम्भ गरे । मन्त्री लेखकले सिंहदरबार अगाडि लेन अनुशासन उल्लंघन गरेका एक मोटरसाइकल...
काठमाण्डू, ४ कात्तिक- सत्तारुढ सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारविरुद्घ आन्दोलनको तयारी गरेको छ । जनमतको आइतबार राजधानीमा बसेको सचिवालय बैठकले आन्दोलनका लागि तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । प्रवक्ता शरदसिंह यादवले देशको राजनीतिमी विषम परिस्थि उत्पन्न भएकाले आन्दोलमा उत्रिने परिस्थिति आएको...
काठमाण्डु, ४ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो । केहीबेरमै...
काठमाण्डु, ४ कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा कारबाही सुरु भएको जानकारी दिएका छन । आज (आइतबार) मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन...
काठमाण्डू, ४ कात्तिक- सरकारले जलनको उपचार निःशुल्क गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्नेलाई जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । कोशीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा नारायणी अस्पताल वीरगन्ज, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा...
काठमाण्डू, ४ कात्तिक- नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने निर्णयमा उल्लेख छ ।...
काठमाण्डू, ४ कात्तिक-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा कार्यरत नेपाल प्रहरीका एसपी कमल थापा मुख्यालय तानिएका छन् । हनी ट्र्यापमा संलग्न आपराधिक गिरोहसँग साँठगाँठ देखिएपछि थापालाई प्रहरी प्रधान कार्यालय तानिएको हो । एसपी थापामाथि प्रधान कार्यालयको उजुरी तथा छानबिन शाखाले छानबिन गरिरहेको छ ।...
काठमाण्डु, ४ कात्तिक– प्रतिपक्षी दलहरुले भोली (सोमबार) नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको स्रोतले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र...
काठमाण्डु, ४ कात्तिक– कास्की प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ गरेको छ । आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनले कोही सहकारी पीडित...
दाङ, ४ कात्तिक- अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले प्यूठान नगरपालिकाका पूर्ववडाध्यक्ष लीलासिंह केसीसहित पाँच जना पक्राउ गरेको छ । नमस्ते यातायात प्रालिका अध्यक्षसमेत रहेका पूर्ववडाअध्यक्ष केसीसहित दिलबहादुर दसौंदी, सन्तोष दसौंदी, प्रितम गिरी र शरद गिरीलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये...
काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा म्यानमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । यो घटनाप्रति नेपाल पत्रकार महासंघको...
काठमाण्डु, ४ कात्तिक– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संध अखिल क्रान्तिकारीले एमालेको पार्टी कार्यालय बनाउन भन्दै एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ । देसको संघिय राजधानी काठमाण्डुमा चलाइएको अभियानमा हिजो सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज...