घरमा बम विस्फोट भएर घाइते भए पूर्वसैनिक

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १८:०४ मा प्रकाशित

काठमाण्डू, ४ कात्तिक- स्याङ्जाको चापाकोट नगरपालिका-४ मा बम विस्फोट हुँदा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी घाइते भएका छन् ।

पुरीगाउँस्थित उनको आफ्नै घरमा  सकेट बम बिस्फोट हुँदा भएको प्रहरीले जनाएको छ ।

४५ वर्षीय भूपू सैनिक पुरी २ वर्षअघि सेवा निवृत्त भएका थिए ।

घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम विस्फोट भएको पुरीले बताएका छन् ।

उनको आँखा नजिकै र बाँया खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको स्याङ्जा प्रहरीका डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।

उपचारपछि प्रहरीले पुरीलाई पक्राउ गरेको छ ।

यसैबीच प्रहरीले पुरीको घरबाट थप केही विस्फोटक पदार्थ बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us