रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको अदालत स्रोतले जानकारी दिएको छ । लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us