एमालेको सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १७:५९ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– एमाले सचिवालय बैठक सुरु भएको छ । एमालेको सचिवालय बैठक एमाले मुख्यालय च्याससलमा केहिबेर अधि मत्रै सुरु भएको केन्द्रीय कार्यालय सचिव डा‍‍. भीष्मराज अधिकारीले जानकारी दिएका छन ।

आजको सचिवालय बैठकमा पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको अधिकारीले जानकारी दिए ।

यसअघि असोज २४ गते व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गा दान स्वीकार गर्ने विषयमा निर्णय गर्न अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए ।

तर बालुवाटारको सरकारी जग्गा ललिता निवास लगायत विषयमा अदालतमा मुद्दा खेपिरहेका व्यवसायी गुरुङले दिएको जग्गा दान सरकारका कार्यकारी प्रमुखले लिने विषयले एमालेभित्रै असन्तुष्टि बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us