दाङ, ४ कात्तिक– प्रहरीले दाङबाट ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।